साल्टको कीर्तिमानी प्रदर्शनमा इंग्ल्यान्ड विजयी

भाद्र २८, २०८२

काठमाडौं– फिल साल्टले आफ्नो टिमका लागि अहिलेसम्मकै उच्च स्कोर र छिटो शतक बनाएपछि इंग्ल्यान्डले शुक्रबार दक्षिण अफ्रिकामाथि दोस्रो ट्वान्टी ट्वान्टीले १ सय ४६ रनले पराजित गरेको छ ।

 इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा दुई विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो ।



जवाफमा दक्षिण अफ्रिकाले १६.१ ओभरमा अलआउट हुन अगाडि १ सय ५८ रन मात्र बनायो । यससँगै तीन खेलको शृंखला १–१ को रोमाञ्चक बराबरीमा पुगेको छ । 



ओपरन साल्ट १ सय ४१ रन बनाएर नटआउट रहे । टेस्ट खेल्ने देशबीचको ट्वान्टी ट्वान्टीमा कसैले तीन सय रनको स्कोर बनाएको यो नै पहिलो पटक हो ।

 

साल्टले ६० बलको सामना सामना गरे र त्यसमा १५ चौका तथा आठ छक्का प्रहार गरे । उनले ३९ बलमै आफ्नो शतक पूरा गरेका थिए । अर्का ओपनर जस बटलरले ३० बलमा ८३ रन जोडे । अब तेस्रो तथा अन्तिम खेल आइतबार नटिङघममा हुनेछ । 


Link copied successfully