नेपाली यू–२३ टिम आउँदै, बंगलादेशी टिम जाँदै

भाद्र २५, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल खुल्ने भएपछि नेपाली टिम तय कार्यक्रम अनुसार दुबई भएर काठमाडौं फर्कन लागेको हो ।\

काठमाडौं– निर्धारित योजनामा कुनै परिवर्तन भएन भन् एएफसी यू–२३ एसियनकप छनोट खेल्न ताजाकिस्तान गएको नेपाली फुटबल टिम बिहीबार नेपाल फर्कदैछ । 



त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल खुल्ने भएपछि नेपाली टिम तय कार्यक्रम अनुसार दुबई भएर काठमाडौं फर्कन लागेको हो ।

 

टिमसँग रहेका पत्रकार आभाष घिमिरेका अनुसार नेपाली टिम दुई समूह भएर फर्कन लागेको छ । नेपाली टिमले मंगलबार आफ्नो अन्तिम तथा तेस्रो खेल फिलिपिन्सविरुद्ध खेलेको थियो । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्न नेपाल आएको बंगलादेशी राष्ट्रिय टिम बिहीबार नै ढाका फर्कने प्रयासमा छ ।



तर प्रक्रिया भने मिल्न सकेको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बंगलादेशी टिमले विशेष विमानमा ढाका जाने प्रयास गरेको भएता पनि त्यो सम्भव हुन सकेको छैन् । त्यसैले सम्भवतः बिहीबार दिउँसोको नियमित विमानमा ढाका फर्कनेछ ।



जेन–जीको प्रदर्शनपछि उत्पन्न भएको परिस्थितिका कारण नेपाल र बंगलादेशबीचको दोस्रो खेल मंगलबार हुन सकेको थिएन् । पहिलो खेल भने गोलरहित बराबरीमा टुंगेको थियो ।  नेपाली टिमसँग बंगलादेशी टिम पनि अहिले रविभवनको होटल क्राउन इम्पेरियलमा बसिरहेको छ । 


Link copied successfully