उज्वेकिस्तानविरुद्ध सावित्राको ह्याट्रिक

असार २१, २०८२

नायक पौडेल

Savitra's hat-trick against Uzbekistan

तास्केन्द — नेपालले एएफसी वुमेन्स एसियन कप छनोटमा शनिबार आयोजक उज्वेकिस्तानसँग खेलिरहेको छ । पहिलो हाफसम्म ३–१ ले पछाडि परेको नेपाल थियो ।

तर दोस्रो हाफको ३० मिनेट बित्दासम्म नेपालले २ गोल थप्दै खेल ३–३ को बराबरी गरेको छ । उज्वेकिस्तान १० खेलाडीमा खेलिरहेको छ ।

नेपालबाट तीनै गोल कप्तान सावित्रा भण्डारीले गरेकी हुन् । उनले यसअघि लाओस र श्रीलंकाविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् ।

यो यस्तो खेल हो, जुन टिमले जित्यो उसले अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपका लागि टिकट काट्नेछ ।  

नायक

Link copied successfully