नाउपा विवाद : प्रदेश सभा र धनगढी विमानस्थलमा सुरक्षा तैनाथी बढाइयो

चैत्र २१, २०८०

अर्जुन शाह

Naupa dispute: Security deployment has been increased at the state assembly and Dhangadhi airport

धनगढी — आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कार्यकर्ताहरुबीच झडप हुनसक्ने आंकलन गर्दै प्रदेश सभा र धनगढी विभानस्थलमा सुरक्षा तैनाथी बढाइएको छ । प्रदेश सभा परिसर र धनगढी विमानस्थलमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या थपिएको छ ।

नागरिक उन्मुक्तिकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले निर्देशन उल्लंघन गरेको आरोपमा प्रदेश सदस्य एवं भूमि व्यवस्था कृषि तथा सहकारी राज्यममन्त्री ईन्दिरा गिरीलाई प्रदेश सभा सदस्य पदबाट निस्कासन गरेको पत्र प्रदेश सभामा पठाउने क्रममा पत्र ल्याएर काठमाडौंबाट धनगढी आउन लागेका नागरिक उन्मुक्तिका कार्यकर्तालाई विमानस्थल र प्रदेश सभामा रोक्ने रेशम पक्षधर नेता कार्यकर्ताको सम्भावित जोखिमको आंकलन गर्दै आवश्यक सुरक्षा सतर्कता बढाइएको सुरक्षास्रोतले जनाएको छ ।

काठमाडाैं पत्र ल्याउन लागेका रञ्जिता पक्षका कार्कर्तालाई रोक्न रेशम पक्षधर प्रदेशका मन्त्री र कार्यकर्ता परिचालित छन् । 

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विस्वासको मत लिँदैछन् । सुदूरपश्चिममा नागरिक उन्मुक्ति निर्णायक छ । तर अध्यक्ष रञ्जिता श्रेष्ठ शाहलाई विश्वासको मत नदिने निर्देशन गरिरहेकी छिन् भने रेशम पक्षधर कांग्रेस नेतृत्वको वर्तमान सरकारकै पक्षमा छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully