कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बसको ठक्करबाट बालकको मृत्यु

वसन्तप्रताप सिंह

बझाङ — बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । बालकको मृत्युपछि पीडित परिवार र स्थानीयहरूले प्रदर्शन गर्दा घटनास्थल तनाबग्रस्त बनेको छ ।

बसको ठक्करबाट बालकको मृत्यु

बसको ठक्करबाट सुर्मा गाउँपालिका – ३ का धनबहादुर बोहराको छोरा सरगम बोहराको मृत्यु भएको हो । सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सु प प्र ०२–००१ ख १११९ नम्बरको बसले शनिबार दिउँसो २ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट सख्त घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका ५, का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि घटनास्थल चौड बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन् ।

प्रकाशित : चैत्र १८, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?