सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

अर्जुन शाह

धनगढी — बुधबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले मंगलबार प्रदेशसभा सदस्यहरुलाई अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी पठाएको छ ।

सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको लिएका छैनन् । दल तथा सांसदहरुबीच समझदारी भएको भए बुधबार बस्ने भनिएको बैठकमा विश्वासको मत लिने तयारी मुख्यमन्त्रीको थियो । तर निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग अझै ठोस समझदारी भइनसकेकाले विश्वासको मत लिने दिन पनि अनिश्चित भएको हो ।

यतिबेला मुख्यमन्त्री रावल काठमाडौंमा छन् । काठमाडौंमा उनले नागरिक उन्मुक्तिका सांसदहरु तथा नेताहरुसँग आफ्नो र प्रधानमन्त्रीसहित शीर्ष तहको राजनीतिक भेटघाट गराएर समझदारीको प्रयत्न गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा संख्यात्मक रूपमा निर्णायक घटकका रूपमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको एमाले संसदीय दलका नेता रावललाई विश्वासको मत दिने नदिने बारेमा नागरिकले अझै ठोस निर्णय गरिसकेको छैन । तर आफ्ना नेता रेशम चौधरीको रिहाइ मुख्यमन्त्रीलाई समर्थन गर्ने मुख्य ‘बटम लाइन’ रहेको संसदीय दलका नेता रामेश्वर चौधरी बताउँछन् ।

त्यो कदममा प्रदेश सरकारको कुनै ठोस भूमिका नहुने भएकाले केन्द्र सरकारले नै गाँठो फुकाइदेओस् भन्ने मुख्यमन्त्रीको चाहना र अपेक्षा देखिएको छ । रेशम चौधरीको रिहाइ गर्न एमाले अध्यक्ष र प्रधानमन्त्रीको संयुक्तप्रयास रहने आश्वासन प्राप्त भएको नेताहरुले बताए ।

प्रकाशित : माघ ११, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्

शुक्रको सहज जित

कान्तिपुर संवाददाता

काठमाडौँ — शीर्ष वरीयताका प्रो शुक्रबहादुर राईले २० औं स्थानका टंकबहादुर कार्कीलाई ५/४ ले हराएर मंगलबार सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो चरण पार गरेका छन् ।

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा सुरु भएको कुल दुई लाख ५० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा सहज जित हात पारेसँगै शुक्रले क्वाटरफाइनलमा स्थान बनाए । उनले सेमिफाइनल प्रवेशका लागि दसौं वरीयताका भुवनकुमार रोकाविरुद्ध बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

भुवनले एक स्थानमाथिका रामे मगरको चुनौती २/१ ले समाप्त पार्दै अन्तिम आठमा शुक्रविरुद्ध खेल्ने पक्का गरेका हुन् ।

त्यस्तै, दोस्रो वरीयताका भुवन नगरकोटी, तेस्रो स्थानका जयराम श्रेष्ठ, रवि खड्का, दिनेश प्रजापति, धनबहादुर थापा र रमेश अधिकारीले पनि नकआउट प्रतियोगिताको पहिलो दिन जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेका छन् । डिफेन्डिङ च्याम्पियन भुवनले १९ औं स्थानका सरोज मोक्तानलाई २/१ ले हराए । उनले सेमिफाइनल प्रवेशको होडमा आठौं वरीयताका धनबहादुरविरुद्ध खेल्नेछन् । धनबहादुरले पहिलो चरणमा बलभद्र राईलाई ३/२ ले पराजित गरेका थिए ।

कृष्णमान राजवाहकलाई अन्तिम होलमा पराजित गरेका जयरामले क्वाटरफाइनलमा दिनेशविरुद्ध खेल्नेछन् । दिनेशले सूर्यप्रसाद शर्मालाई पन्छाएर पहिलो चरण पार गरेका हुन् । रविले प्रदीपकुमार लामालाई २/१ ले हराएर रमेशविरुद्धको भेट

निश्चित गरे । रमेशले सञ्जयलाई ३/१ ले पाखा लगाएका हुन् । सूर्य नेपाल गल्फ टुर २०२२–२३ को तेस्रो प्रतियोगितामा क्वाटरफाइनलका सबै खेल बुधबार हुनेछ ।

प्रकाशित : माघ ११, २०७९ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×