कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

कार्तिक २७, २०७९
दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

Highlights

  • सत्ता गठबन्धनका एक जना सख्त घाइते

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी सख्त घाइते भएका छन् ।

आइतबार नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको बताइएको छ । सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ । जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् । एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेको माओवादी केन्द्रका नेता तारादत्त भट्टले आरोप लगाएका दिए । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको भट्टले बताए ।

प्रकाशित : कार्तिक २७, २०७९ १७:०६
x
×