कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

सुदूरपश्चिममा गौरा पर्व सुरु

तृप्ति शाही

बैतडी — बिहीबारबाट सुदूरपश्चिममा गौरा पर्व सुरु भएको छ । सुदूरपश्चिममा मुख्य पर्वका रुपमा लिइने गौरा पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ ।

सुदूरपश्चिममा गौरा पर्व सुरु

पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न (बिरुडा) भिजाएर पर्वको सुरुवात गरिएको छ ।

ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने गर्छन् । बिरुडा भिजाएसँगै गौरापर्वको सुरुवात भएको दशरथचन्द नगरपालिका–४ कि लीला भण्डारीले बताइन् । गहुँ, केराउ, गहत, मास र गुराउसलाई तामा वा पित्तलका भाडामा बिरुडा भिजाउने चलन रहिआएको उनले बताइन् ।

पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ । स्थानीयहरु आ–आफ्नो टोलको मुख्य एक स्थानमा जम्मा भएर पूजाआजा र देउडा खेल्दै गौराको समापन गर्ने गर्छन् ।

प्रकाशित : भाद्र १६, २०७९ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?