कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

धनगढीका मेयर गोपाल हमालको मतले कैलाली जिससमा गठबन्धन विजयी

मोहन बुडाऐर

कैलाली — कैलाली जिल्ला समन्वय समितिमा  सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  धनगढी उपमहानगरका मेयर गोपाल हमालको सहयोगमा गठबन्धन दलका उम्मेदवार जिल्ला समन्वयको निर्वाचनमा निर्वाचित भएका हुन् ।

धनगढीका मेयर गोपाल हमालको मतले कैलाली जिससमा गठबन्धन विजयी

सत्ता गठबन्धनका तर्फबाट जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल १३ मत प्राप्त गरी विजयी भएका छन् । नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल १३ मतसहित विजयी भए । एमालेका राजेन्द्रप्रसाद खनालले १२ मत ल्याए । सदस्य पदको महिला तर्फका उम्मेदवार पनि गठबन्धनकी समाजवादीकी जानकीदेवी चौधरी, दिलु कामी, भावना चौधरी विजयी भएकी छिन् । एक जना दलित सदस्यमा नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल विजयी भएकी छिन् । तीन जनाको खुल्ला सदस्य पदमा नेपाली कांग्रेसका तेजबहादुर चन्द,बिर्खबहादुर बुढा, समाजवादीका लोकन्द्र शाही विजयी भएका छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनविरुद्ध एमाले र नागगरिक उन्मुक्ति पार्टी तालमेल गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए । कैलालीमा १३ वटा स्थानीय तहका २६ मतदाता हुन् । जसमध्ये कांग्रेसका ८, माओवादीका ४ र समाजवादीका १ गरी सत्ता गठबन्धनसँग १३ मतभार थियो । नागरिक उन्मुक्ति पार्टीसँग ७ , एमालेसँग ५ गरी १२ मतभार अर्कोतिर थियो ।

माओवादीबाट मोहन्याल गाउँपालिकाबाट जितेका गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले भष्ट्राचार अभियोगमा विशेष अदालतमा मुद्दा विचाराधीन रहेका कारण मतदानमा सहभागी भएनन् । दुवैतर्फ १२/१२ मत भएका बेला धनगढीका मेयर गोपाल हमाल निर्णायक बन्न पुगेका हुन । अन्तिम सयममा हमालले आफनो मत गठबन्धनका पक्षमा दिएका हुन् ।

प्रकाशित : जेष्ठ ३०, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?