कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डडेलधुराका नेता कर्ण मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौँ — नेपाली कांग्रेस डडेलधुराका निवर्तमान सभापति कर्णबहादुर मल्ल कांग्रेसबाट निष्काशित भएका छन् । डडेलधुरा सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत हो । १४ औँ महाधिवेशनमा क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाएपछि डडेलधुरामा देउवा पक्षले एकलौटी जिल्ला अधिवेशन गरेको थियो ।

डडेलधुराका नेता कर्ण मल्ल कांग्रेसबाट निष्कासित

त्यसयता असन्तुष्ट रहेका मल्लले आफुनिकट नेता कार्यकर्तालाई स्थानीय तह निर्वाचनमा डडेलधुराका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन लगाएका छन् ।

मल्लले कांग्रेसको विधान विपरीत गतिविधि गरेको भन्दै सभापति देउवाले कारवाही गरेका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मल्ललाई पार्टीको सदस्य समेत नरहने गरी हटाइएको जानकारी दिए । मल्ल यसअघि सभापति देउवाको स्वकीय सचिवको रुपमा काम गर्दै कांग्रेसको जिल्ला सभापति बनेका नेता हुन् ।

प्रकाशित : वैशाख १३, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?