कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

प्रशासनकै गेट अगाडि ठगी, अनलाइन फारम भरेको ३ हजारसम्म

भवानी भट्ट

कञ्चनपुर — जिल्ला प्रशासन कार्यालय‚ कञ्चनपुरले राहदानीका लागि अनलाइन फारम भरेको बढीमा २ सय रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ । तर‚ जिल्ला प्रशासनकै गेटमा बसेर दुईदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको पाइएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो । 

राहदानीको प्रक्रिया चाँडो गरिदिने भन्दै अनलाइन फारम भरेको २ हजारदेखि ३ हजार रुपैयाँसम्म लिएको भेटिएपछि प्रशासनले तीन जनालाई पक्राउ गरेको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्ला प्रशासनको गेट अगाडिबाट २ जना र दूरसञ्चारको गेट अगाडिबाट १ गरी ३ जालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

‘उनीहरूमाथि ठगी मुद्दा लगाइनेछ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘आफ्नै अगाडि यसरी ठगी हुँदा पनि सेवाग्राही किन बोल्दैनन् ?’ उनका अनुसार बुधबार एक सेवाग्राहीबाट उक्त कुरा खुलेको हो ।

अनलाइन फारमबारे प्रशासनकै कर्मचारीले सोधपुछ गर्दा उनले २५ सय तिरेको भनेपछि प्रशासनले सक्रियता देखाएर उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित : वैशाख ७, २०७९ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्व अनुमतिबिना प्रहरीलाई राजनीतिकलगायत विभिन्न शक्तिकेन्द्रसँग व्यक्तिगत भेटघाट गर्न रोक लगाइएकोबारे तपाईंको धारणा के छ ?

x
×