कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा कैलाली प्रहरी सर्वोत्कृष्ट 

अर्जुन शाह

धनगढी — मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा कैलाली जिल्ला प्रहरी कार्यालय सर्वोत्कृष्ट भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सर्वोत्कृष्ट छनोट भएको उक्त कार्यालयलाई बुधबार एक कार्यक्रमकाबीच पुरस्कारसहित कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीलाई  सम्मानित गरेको छ । 

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा कैलाली प्रहरी सर्वोत्कृष्ट 

१५ औं मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कैलालीलाई मन्त्रालयले सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको थियो । कैलाली प्रहरीले विगत एक वर्षमा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १६ घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको कार्यालयले जनाएको छ । १६ वटा मुद्दामध्ये ९ वटामा मानब बेचबिखनका साथै जबर्जस्ती करणीमा समेत चलाएको थियो ।

साथै सोही अवधिमा सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराउन सफल भएको थियो ।

कैलाली प्रहरीको तथ्यांकअनुसार एक वर्षको अवधिमा ८६ महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सीमा नाकाबाट उद्धार गरी परिवारमा फर्काउन सफल भएको थियो । साथै, ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेला पारी उनीहरुलाई उद्धार तथा पारिवारिक पुनर्मिलन गराइएको एसपी अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारीमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?