१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टीकापुरमा बालकको हत्या

गणेश चौधरी

टीकापुर — टीकापुर नगरपालिका–१ ब्लक नं ८ का साढे ३ वर्षीय बालक विवेक विष्टको हत्या भएको छ । उनकै दिदी नाता पर्नेले जमरा कुलोको डिलमा लगेर कुलोमा धकेली हत्या गरेको प्रहरीले जनाएको छ ।

टीकापुरमा बालकको हत्या

जामुन खाने निहुँमा बालकलाई घरबाट आफूसँगै लगी हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । उनले भने, ‘घरबाट करिब ५ सय मिटर उत्तरतर्फ जमरा कुलोको डिलमा लगेर बालकको खुट्टामा रहेको बाला निकालेर धक्का दिइ कुलोमा खसालेर उनले हत्या गरेको स्वीकारेकी छिन् ।’

जमरा कुलो नजिक घटना भएको र अनुसन्धानबाट बालकको अपहरण भएको शंका नभएपछि बालक जमरा कुलोमा हुन सक्ने अनुमान गरिएको थियो । कुलोको पानी घटाउन लगाएर खोजी गर्दा घटनास्थलबाट करिब ५ किलोमिटर तलतिर टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा बालकको शव भेटिएको उनले बताए ।

मृतक विवेक विष्ट सोमबारबाट बेपत्ता भएका थिए । उनको शव बुधबार फेला परेको थियो ।

थप अनुसन्धानका लागि मृतक बालककी दिदी नाता पर्ने अन्दाजी १५ वर्षीया बालिका र उनकी साथी अन्दाजी १४ वर्षीया लम्कीचुहा नगरपालिका घर भइ टीकापुर नगरपालिका–१ ब्लक नं ५ डेरा गरी बस्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक अधिकारीले भने, ‘बालिकाले किन हत्या गरिन् भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित : असार २४, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?