कैलालीमा युवक मृत फेला, हत्या भएको आशंका- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा युवक मृत फेला, हत्या भएको आशंका

अर्जुन शाह

धनगढी — कैलालीको गोदावरी नगरपालिका–५ का ३५ वर्षीय शिवचरण राना मृत अवस्थामा भेटिएका छन् । टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा  उनको शव शनिबार बिहान गेटा मेडिकल कलेज नजिकै निर्माण हुँदै गरेको नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले बताए । ‘अनुसन्धानका क्रममा १२ जनालाई नियन्त्रणमा लिइएको छ,’ डिएसपी विष्टले भने, ‘गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका राना राति पसलमै सुतेका थिए । बिहान घर जाने क्रममा बाटोमा हत्या गरिएको आशंका छ ।’

घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुसमेत प्रयोग डिएसपी विष्टले बताए । रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७७ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्

संसद् पुनःस्थापनापछि सरकार झन् बलियो : नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा ओली समूहका नेता सुवास नेम्वाङले संसद् पुनःस्थापनापछि सरकार झन् बलियो भएको बताएका छन् । 

नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद् विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापना पछि दह्रो भएको बताएका हुन् । प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई कामचलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठेरो परेको टिप्पणीसमेत उनले गरे ।

‘हिजो पुनःस्थापना नहुँदासम्म केपी ओली त केयरटेकर हो, निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के-के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठीक थिएन, यो ठीक होइन भनिराथ्यौं । अब त त्यो दुःख पनि गर्न नपर्ने भयो,' उनले भने, 'संसद् पुनःस्थापित भयो प्रधानमन्त्री केपी ओली विरुद्धको अविश्वास लगायतका कुराहरु के छ स्थिति मैले तपाईंहरुलाई बताई नै सके उहाँ त हिजोभन्दा झन् दह्रो पो हुनुभयो ।’

प्रतिनिधिसभा पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङको भनाइ थियो । ।

उनले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे । ‘हामीले भनिराखेका छौं । नेकपामा विभाजन छैन । हामीले त्यो बोलिराखेका छौं । हाम्रो प्रथम अध्यक्ष केपी ओली हुनुहुन्छ । कागजकै कुरा गर्ने हो भने दोस्रो अध्यक्ष प्रचण्ड हुनुहुन्छ । हाम्रा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव विष्णु पौडेल हुनुहुन्छ । हामीले कसैलाई कारबाही गरेका छैनौं । त्यसैले हामीले भनेका छौं हामी एकताको पक्षमा छौं’, उनले भने ।

प्रकाशित : फाल्गुन १५, २०७७ १८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×