२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बैतडीमा किशोरीको हत्या गरिएको भन्दै विद्यार्थीको आन्दोलन

तृप्ति शाही

बैतडी — बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको दाबी गर्दै विद्यार्थीहरुले आन्दोलन थालेका छन् ।

उनीहरुले किशोरीको शव भेटिएको ठाउँबाट नाराबाजी गर्दै बजार क्षेत्रमा बिरोध प्रदर्शन गरेका हुन् । आन्दोलनरत विद्यार्थीहरुले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न माग गरे ।

बुधबार विद्यालयबाट घर फर्कने क्रममा किशोरी घर नपुग्दै बेपत्ता भएकी हुन् । उनको शव बिहीबार साँझ घर नजिकैको लखलेक जंगलमा भेटिएको थियो ।

घटना शंकास्पद रहेकोले स्थलगत अनुसन्धानका लागि आफू दोगडा केदार पुगेको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर बिहीबार राति नै ल्याइसकिएको उनले जानकारी दिए । आन्दोलित विद्यार्थीहरुले बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारेका छन् ।


प्रकाशित : माघ २३, २०७७ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?