कैलालीको भजनी नगरपालिकामा बाढीले बगाउँदा ३ बेपत्ता

गणेश चौधरी

टीकापुर — कैलालीको भजनी नगरपालिकामा बाढीले बगाउँदा एक बालकसहित ३ जना बेपत्ता भएका छन् । कैलालीको भजनी नगरपालिका-८ जनकपुरमा बुधबार बाढीमा बगेर एक बालक बेपत्ता भएका हुन् ।

कैलालीको भजनी नगरपालिकामा बाढीले बगाउँदा ३ बेपत्ता

गाउँ पसेको पथरैया खोलाको बाढीले ८ वर्षीया स्केल चौधरीलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

यस्तै, भजनी नगरपालिकाकै खैरापुरमा पनि २ जना बाढीमा बेपत्ता भएको भजनी–८ का वडा अध्यक्ष पंकज थारुले बताए । उनीहरुको नाम खुल्न नसकेको उनले बताए ।

बेपत्ता भएकाहरुको सोनाफाँटा प्रहरी चौकीको टोली, सशस्त्र प्रहरी, नेपाली सेना स्थानिय लगायतको टोलीले खोजी गरिरहेको उनले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?