कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 

भाद्र १९, २०८१
मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 

सुर्खेत — मुगुको सोरु गाउँपालिका-६ को बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा सोरु-३ भिईगाउँका नरबहादुर बुमीको मृत्यु भएको छ ।

ग१ज ६४६७ नम्बरको बोलेरो जिप बुधबार बिहान दुर्घटना भएको हो। ब्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुईमध्ये जिपचालक घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । प्रहरीका अनुसार जिप सहचालकले चलाएको बुझिएको छ । सहचालक भने फरार छन् ।

प्रकाशित : भाद्र १९, २०८१ १५:२६
x
×