मुगुमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु 

भाद्र १९, २०८१

ज्योती कटुवाल

One killed in a jeep accident in Mugu

सुर्खेत — मुगुको सोरु गाउँपालिका-६ को बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा सोरु-३ भिईगाउँका नरबहादुर बुमीको मृत्यु भएको छ ।

ग१ज ६४६७ नम्बरको बोलेरो जिप बुधबार बिहान दुर्घटना भएको हो। ब्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा गाडीमा सवार दुईमध्ये जिपचालक घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । प्रहरीका अनुसार जिप सहचालकले चलाएको बुझिएको छ । सहचालक भने फरार छन् ।

ज्योती

Link copied successfully