कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

सल्यानमा जुवा खेलिरहेका १३ जना पक्राउ

विप्लव महर्जन

सल्यान — जिल्लामा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कालिमाटी गाउँपालिका-२ झिगानेस्थित नारायण ओलीको घरबाट बिहीबार राति ती जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २३ देखि ४६ वर्ष उमेर समूहका रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताए । उनका अनुसार १३ जना जुवाडेबाट १ लाख ३५ हजार १ सय नगद र दुई गड्डी तास बरामद भएको छ ।

पक्राउ पर्नेमा कोही शिक्षक, वडा सदस्य, प्राविधिक, स्वास्थ्यकर्मी र स्थानीय रहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । सबैको जिल्ला अदालतबाट म्याद थप गरिएको उनको भनाइ छ ।


प्रकाशित : मंसिर १, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?