अत्यधिक गर्मीले सुर्खेतका निजी विद्यालय एक साता बन्द

तृप्ति शाही

वीरेन्द्रनगर — गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू एक हप्ता बन्द गरिने भएको छ । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गर्ने भएका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरेको छ ।

सोहीअनुसार विद्यालयमा जेठ २४ देखि ३० सम्म पठनपाठन रोकिनेछ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x