महाबु गाउँपालिका अध्यक्ष गुरुङको निधन 

माघ २७, २०७९

ज्योति कटुवाल

दैलेख — दैलेखको महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ ।

दैलेख जिल्ला अस्पतालमा उपचारका क्रममा अध्यक्ष गुरुङको शुक्रबार बिहान मृत्यु भएको हो । ७९ वर्षीया गुरुङ उच्चरक्तचापको कारण मृत्यु भएको अस्पतालको भनाइ छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा गुरुङ कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully