कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित 

माघ ४, २०७९

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित भएकी छिन् । बुधबार भएको निर्वाचनमा उनले कांग्रेसकी इन्द्राकुमारी शाहीलाई पराजित गरेकी हुन् ।

न्यौपानेले २४ मत ल्याउँदा शाहीले १४ मत ल्याइन् ।

सभामुखमा भने एमालेकी नन्दा गुरूङ निर्वाचित भइसकेकी छिन् । एमालेबाट निर्वाचित सांसद् उनले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी हुन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully