शारदालाई डिजिटल पालिका बनाइँदै

कान्तिपुर संवाददाता

सल्यान — शारदा नगरपालिकालाई प्रविधिसँग जोडेर डिजिटल पालिकाको रूपमा विकास गर्न थालिएको छ । सेवा प्रवाह छिटो, भरपर्दो र गुणस्तरीय बनाउन डिजिटल नगरपालिकाको अवधारणा अघि सारिएको हो ।

शारदालाई डिजिटल पालिका बनाइँदै

डिजिटल नगरपालिकामा विकास गर्न जापान, डेनमार्क र फ्रान्समा बस्दै आएका नेपालीद्वारा सञ्चालित बी एन्ड बी टेक कम्पनीले प्राविधिक सहयोग गरिरहेको छ । सुरुमा ई–रिपोर्टिङबाट सेवा सुरु गर्न थालेको नगरपालिकाले ई–सिफारिस, स्मार्ट कार्ड, ई–हाजिरीलगायतको काम हुने जनाएको छ ।

नगरले दिने सेवा छिटो र छरितो बनाउन यो अवधारणा ल्याइएको नगरप्रमुख प्रकाश भण्डारीले बताए । ‘सेवाग्राहीलाई एउटै कामका लागि बारम्बार नगरपालिका र वडा कार्यालय धाउन नपरोस् भनेर डिजिटल नगरको रूपमा विकास गर्न थालेका हौं,’ उनले भने, ‘अब सेवाग्राहीको समयको सदुपयोग हुन्छ, उनीहरूले विभिन्न सास्तीबाट मुक्ति पाउँछन् ।’ योजनाअनुसार काम भए नगरवासीले मोबाइलबाट घरमै बसी सेवा लिने उनले जानकारी दिए ।



प्रकाशित : श्रावण ३०, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?