मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

राजबहादुर शाही

मुगु — मुगुको खत्याड र सोर गाउँपालिकाका ७९ वटा सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक नपुग्दा करिव ७ हजार विद्यार्थीको पढाइ प्रभावित बनेको छ ।

शैक्षिक सत्र सुरु भएको डेढ महिनासम्म पनि सोरु र खत्याड गाउँपालिकामा रहेका हजारौं विद्यार्थीहरू नयाँ पुस्तकको खोजीमा भौंतारिरहेका छन् ।

छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिकाका विद्यार्थीले नयाँ पाठ्यपुस्तक प्राप्त गरे पनि सोरु र खत्याड गाउँपालिकामा अध्यायरत ७ हजार विद्यार्थी भने नयाँ पुस्तकबाट वञ्चित भएका छन् ।

विद्यालय सञ्चालन भएको डेढ महिनासम्म विद्यार्थीले पाठयपुस्तक नपाउँदा पढाइमा असर परेको सोरु गाउँपालिकास्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास रावलले बताए । पुस्तक नहुँदा शिक्षक शिक्षिकालाई पनि पढाउन मुस्किल हुन थालेको उनी बताउँछन् ।

कतिपय विद्यार्थीहरू भने पुस्तक अभावका कारण घरेलु कामतिर समेत लाग्ने गरेको अभिभावकहरू बताउँछन् । खत्याड गाउँपालिकामा रहेका ४१ वटा सामुदायिक विद्यालयमा पढ्ने छात्रछात्राहरूले पाठ्यपुस्तक नपाएको गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीको भनाइ ।

छिटो पुस्तक ढुवानी गरिदिन सम्बन्धित निकायलाई आग्रह गर्दा सुनुवाइ नभएको पनि उनको गुनासो छ । तर शिक्षकहरूले सोरु गाउँपालिकामा लेखापालको समस्याका कारण पाठ्यपुस्तक खरिदको निम्ति अझै विद्यालयको खातामा पैसा निकासा नभएको गुनासो गरेका छन् ।

जिल्ला शिक्षा विकास इकाइ कार्यालयले भने स्थानीय निर्वाचनका कारण समयमै पुस्तक विद्यालयसम्म नपुगेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खडकबहादुर रोकायाले भने खत्याड र सोरु गाउँपालिकामा छिट्टै पुस्तक पठाउन सम्बन्धित निकायसँग पहल गर्ने जनाएका छन् ।

प्रकाशित : असार ४, २०७९ १७:००
प्रतिक्रिया
पठाउनुहोस्

एसीसी महिला टी–२० च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

कान्तिपुर संवाददाता

काठमाडौँ — मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभलमा शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रनमात्र बनाउन सक्यो । 

तस्बिर सौजन्य : क्यान

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन् । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक/एक विकेट लिए ।

जितसागै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित कुवेतको तालिकामा १ अंक छ ।

यसअघि टस हारेर पहिला व्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित ३४ रनको योगदान गरिन् । २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन् ।

त्यस्तै इन्दु बर्माले २८ रन जोड्नेक्रममा ३३ बलको सामना गर्दा २ चौका चट्काइन् । यस्तै ज्योति पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्नेक्रममा क्याच आउट भइन् । यस्तै सिता राना मगर र काजल श्रेष्ठले समान ५/५ रनको पारी खेल्दै पवेलियन फर्किए । बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन् । मारियम ओमार र खादिला खाजिलले एकएक विकेट लिइन् ।

यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । उता कुवेतले भने वर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो । च्याम्पियनसिपअन्तर्गत नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

१० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागी टोलीलाई आयोजक दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।

प्रकाशित : असार ४, २०७९ १६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×