कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु 

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारीडाँडामा शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ बस्ने २४ वर्षीय भीमबहादुर नेपाली र जाजरकोट नलगाढ नगरपालिका–१२ बस्ने २४ वर्षीय मिलन गुरुङको मृत्यु भएको हो ।

भीमबहादुर उक्त ट्रकका चालक हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार दुई जना ट्रकमुनी च्यापिएको अवस्थामा फेला पारेपछि प्रहरीले क्रेनको मद्दतबाट शव निकालेको हो । दाङबाट सिमेन्ट र सरिया लोड गरी उक्त ट्रक जाजरकोटका लागि छुटेको थियो । ट्रक सडकभन्दा करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ४, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?