कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्सा संकलनमा रोक

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाले यो वर्ष पनि यार्सा संकलनमा रोक लगाएको छ । गत वैशाख १७ गते कार्यपालिकाको बैठक बसेर जेठ १० गते बाट यार्सा संकलन कार्य सुरु गर्ने निर्णय गरेको भएपनि जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जेठ २ गते पुनः कार्यपालिका बैठक बसेर प्रतिबन्द लगाउने निर्णय गरेको हो ।

यार्सा संकलनमा रोक

हिमाली जिल्ला मुगुमा कोरोनाको संक्रमण तीव्र हुन थालेपछि यो वर्ष पनि यार्सा संकलन कार्यमा प्रतिबन्द लगाउने निर्णय गर्नु परेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

गत वर्ष पनि कोरोनाकै कारण गाउँपालिकाले यार्सा संकलनमा रोक लगाएको थियो । कोरोना महामारीले गर्दा दुई वर्षसम्म कार्मारोङ गाउँपालिकाका स्थानीयले यार्सा टिप्न नपाउँदा जीवन निर्वाहमा कठिन भएको छ ।

अर्कोतिर यार्सा प्रतिबन्दले गर्दा गाउँपालिकालाई पनि राजश्वमा घाटा सहनु परेको अध्यक्षको भनाइ छ । हरेक वर्ष यार्साबाट गाउँपालिकालाई न्यूनतम ८० लाख र अधिकतम एक करोड रुपैयाँ यार्साबाट राजश्व संकलन हुने गरेको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७८ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?