चितुवाको आक्रमणबाट बर्दियामा बालिकाको मृत्यु

जेष्ठ १४, २०८२

रामप्रसाद चौहान 

Girl dies in Bardia due to leopard attack

बर्दिया — चितुवाको आक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया सायरा थारुको चितुवाको आक्रमणबाट बुधबार बिहान पौने ९ बजे मृत्यु भएको हो ।

घर नजिकै रहेको शौचालयबाट फर्किने बेलामा चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी चक्रबहादुर डमलपालले बताए । मृत बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ ।

गत वैशाख १५ गते गुलरिया नगरपालिका–८ डम्पङि साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीय मेलिना खड्काको मृत्यु भएको थियो भने गत चैतमा चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ६५ वर्षीय बिक्कुलाल थारु र गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।

लामो समयदेखि उक्त स्थानमा चितुवाले आतंक मच्चाउँदा पनि सम्बन्धित निकायले नियन्त्रणमा लिन सकेको छैन । लामो समयदेखि चितुवा नियन्त्रणमा नआउँदा स्थानीय त्रसित बनेका छन् ।

घर नजिकै रहेको बालापुर सामुदायिक वनबाट आएको चितुवाले बालिकालाई आक्रमण गरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए । लामो समयदेखि सो लोकेसनमा केज राखेपनि चितुवा केजमा नपरेको चौधरीले जनाए ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully