रूपन्देहीको सियारीमा साथीको कुटाइबाट मजदुरको मृत्यु

माघ ४, २०८१

घनश्याम गौतम

A laborer died due to the beating of his friend in Siari of Rupandehi

बुटवल — इँटा उद्योगमा काम गर्ने मजदुरको आफ्नै साथीको कुटपिटबाट मृत्यु भएको छ । सियारी गाउँपालिका–७ हिरागञ्जमा रहेको न्यू कामना इँटा उद्योगमा कार्यरत भारतीय नागरिकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार इँटा उद्योगको ट्याक्टर चालक सियारी गाउँपालिका–६ का २० वर्षीय कृष्ण केवटले इँटा प्रहार गर्दा भारतको गोरखपुर घर भएका सोही इँटा उद्योगमा काम गर्ने ४२ वर्षका निष्ठुरी केवटको बिहीबार राति मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेपछि सामान्य झगडामै कृष्णले इँटाले निष्ठुरीको छातीमा प्रहार गरेको थियो । इँटा प्रहारबाट बेहोस भएपछि निष्ठुरीलाई अन्य मजदुरको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

गोरखपुर घर हुने मजदुर पत्नी, दुई छोरा र छोरीसहित उद्योगमै बस्दै आएका थिए । घटनामा संलग्न कृष्णलाई प्रक्राउ गरिएको डीएसपी कार्कीले बताए । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully