मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कार्तिक १८, २०८१

नवीन पौडेल

One person died in a motorcycle accident

परासी — पश्चिम नवलपरासीको सुस्तामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सुस्ता गाउँपालिका-२ सतपतीस्थित भित्री सडक खण्डमा बरुवाबाट कुडियातर्फ जाँदै गरेको लु १८ प ५८४९ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा ४५ वर्षीय  दलबहादुर चौधरीको मृत्यु भएको हो । 

घाइते चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोटपश्चात् उपचारका लागि क्रिमसन हस्पिटल मणिग्राम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully