अर्घाखाँचीमा भारतीय गाडी दुर्घटना, एकको मृत्यु

कार्तिक १८, २०८१

वीरेन्द्र केसी

Indian vehicle accident in Arghakhanchi, one dead

अर्घाखाँची — मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय कार दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

सन्धिखर्क नगरपालिका-११ ढुंगे देउरालीमा एचआर ५५ एयु ८७९३ नम्बरको भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको नाम भने खुल्न सकेको छैन । 

प्रहरीका अनुसार कार सडकबाट आठ सय मिटर तल खसेको छ । घटनास्थल भिरालो र अप्ठ्यारो बाटो भएकाले खोजी कार्यमा असहज भएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully