अर्घाखाँची दुर्घटनामा चालकको मृत्यु भएको पुष्टि

कार्तिक १८, २०८१

वीरेन्द्र केसी

Confirmation of death of driver in Arghakhanchi accident

अर्घाखाँची — मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय कार सन्धिखर्क नगरपालिका-११ ढुंगे देउरालीमा दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ ।

प्रहरीका अनुसार एचआर ५५ एयु ८७९३ नम्बरको भारतीय नम्बर प्लेटकाे कार  दुर्घटना हुँदा मालारानी गाउँपालिका-७ का २६ वर्षीय चालक नवीन नेपालीको मृत्यु भएको हो ।

भारतकाे दिल्लीमा गाडी चलाउने काम गर्ने उनी तिहार मनाउन घरमा आएका थिए । आइतबार गाउँबाट सदरमुकाम आउने क्रममा दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको हाे । 

प्रहरीका अनुसार कार सडकबाट आठ सय मिटर तल खसेकाे प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully