लुम्बिनीका कृषि तथा भुमि व्यवस्थामन्त्री अहिरले दिए राजीनामा 

चैत्र २२, २०८०

बीरेन्द्र केसी, घनश्याम गौतम

Lumbini Agriculture and Land Management Minister Ahir resigned

बुटवल — लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । उनी जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य हुन् । 

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेपछि उनले बिहीबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

जसपाका ३ प्रदेश सभा सदस्यले नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरिसकेका छन् ।

बीरेन्द्र

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully