सन्धिखर्कमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै

फाल्गुन २०, २०८०

वीरेन्द्र केसी

Community dogs being sterilized in Sandhikhark

अर्घाखाँची — सन्धिखर्क बजारमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु भएको छ । सन्धिखर्क नगरपालिकाले हटारीनेटामा शनिबारदेखि सामुदायिक कुकुरहरूमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको हो । 

२ सय ५० वटा कुकुरलाई स्थायी बन्ध्याकरण र रेबिज भ्याक्सिनेसन लगाइने सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । सन्धिखर्क बजा सहित नरपानीलगायत गाउँबाट जम्मा गरी कुकुर ल्याइएको छ । 

सन्धिखर्क बजारमा बिहान-बेलुका हिँडडुल गर्दा सर्वसाधारणलाई कुकुरको समूहले नै आक्रमण गरेर टोक्ने, लखेट्ने गरेपछि बन्ध्याकरण गरेर नियन्त्रण गर्नु परेको श्रेष्ठले बताए । कुकुरले मोटरसाइकलदेखि गाडी आवतजावत गर्दा समेत झम्टिने र पछि दौडिने गरेको उनको भनाइ छ । 

रेबिज रोग सार्ने कुकुर नै भएकाले स्थायी बन्धाकरण गर्न चार दिने शिविरमा रेबिज खोप पनि पनि लगाइएको पशु चिकित्सकले बताएका छन् । 

वीरेन्द्र

Link copied successfully