कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

सन्धिखर्कमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क बजारमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु भएको छ । सन्धिखर्क नगरपालिकाले हटारीनेटामा शनिबारदेखि सामुदायिक कुकुरहरूमा स्थायी बन्ध्याकरण तथा रेबिज भ्याक्सिनेसन शिविर सुरु गरेको हो । 

सन्धिखर्कमा सामुदायिक कुकुरको बन्ध्याकरण गरिँदै

२ सय ५० वटा कुकुरलाई स्थायी बन्ध्याकरण र रेबिज भ्याक्सिनेसन लगाइने सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । सन्धिखर्क बजा सहित नरपानीलगायत गाउँबाट जम्मा गरी कुकुर ल्याइएको छ ।

सन्धिखर्क बजारमा बिहान-बेलुका हिँडडुल गर्दा सर्वसाधारणलाई कुकुरको समूहले नै आक्रमण गरेर टोक्ने, लखेट्ने गरेपछि बन्ध्याकरण गरेर नियन्त्रण गर्नु परेको श्रेष्ठले बताए । कुकुरले मोटरसाइकलदेखि गाडी आवतजावत गर्दा समेत झम्टिने र पछि दौडिने गरेको उनको भनाइ छ ।

रेबिज रोग सार्ने कुकुर नै भएकाले स्थायी बन्धाकरण गर्न चार दिने शिविरमा रेबिज खोप पनि पनि लगाइएको पशु चिकित्सकले बताएका छन् ।

प्रकाशित : फाल्गुन २०, २०८० १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?