कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

कान्तिपुरकर्मी गौतमलाई आर्थिक पत्रकारिता पुरस्कार

बुटवल — बुटवलस्थित कान्तिपुर संवाददाता घनश्याम गौतम पुरस्कृत भएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १५ वर्ष पूरा गरेको अवसरमा बुटवलमा बसेर लुम्बिनी प्रदेशको आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका पत्रकार गौतमलाई ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत गरेको हो ।

कान्तिपुरकर्मी गौतमलाई आर्थिक पत्रकारिता पुरस्कार

कान्तिपुरकर्मी गौतमसँगै गोरखापत्र संवाददाता भुवन कार्की पनि पुरस्कृत भएका छन् । पुरस्कारको राशि जनही २५ हजार १ रुपैयाँ छ ।

आर्थिक क्षेत्रमा कमल चलाउने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा बैंकले तीन वर्षदेखि हरेक वर्ष पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । यसअघि नेपाल समाचार पत्रका यमलाल भुसाल र बीबीसीका माधव नेपाल पुरस्कृत भएका थिए ।

बैंकका अध्यक्ष थानेश्वर पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सञ्चालक मोहन चापागाईं लगायतले पत्रकारद्वयलाई संयुक्त रुपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । पुरस्कार वितरणका लागि पत्रकार महासंघले माधव नेपालको संयोजकत्वमा ३ सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो । समिति सदस्यमा पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सन्जय सौगात र शाइन बैंकको तर्फबाट लालमणि पन्थी थिए ।

त्यस्तै वार्षिक उत्सवको अवसरमा बैंकले आफ्ना शाखामध्येबाट ग्रामीण शाखामा अर्घाखाँचीको खनदह शाखा र सहरी शाखामध्येबाट काठमाडौंको नयाँ बानेश्वर शाखालाई पनि पुरस्कृत गरेको छ । बैंकका डेपुटी सीईओ लोकनाथ पनेरुका अनुसार बैंकले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा शाखा विस्तार गरेको छ ।

देशभर १ एक्सटेन्सन काउण्टरसहित ८९ शाखा रहेको पनेरुले बताए ।


प्रकाशित : फाल्गुन ११, २०८० १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?