कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

नवलपरासी दुर्घटना : मृतकको संख्या ७ पुग्यो

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । गम्भिर घाइते भएका मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

नवलपरासी दुर्घटना : मृतकको संख्या ७ पुग्यो

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । अर्याल समेत यो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घटना स्थलमै ३ महिलासहित ६ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउँपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर र बुलिंटार गाउँपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् । अन्य २ जनाको आइतबार दिउँसो ३ बजे सम्म सनाखत हुन सकेको छैन ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलले जानकारी दिए ।

दुर्घटना स्थल भन्दा ४२ किलोमिटर उत्तर पश्चिम बौदीकालीको माँझडाडाबाट सुन्तलासहित स्थानीयहरु चढेका थिए ।






प्रकाशित : कार्तिक २६, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?