३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

भारतमा एक नेपालीको मृत्यु

काशीराम डाँगी

रोल्पा — भारतको चन्डीगढमा रोजगारको सिलसिलामा पुगेका एक नेपालीको मृत्यु भएको छ । आफन्तका अनुसार अचानक बिरामी परेका रोल्पाको त्रिवेणी गाउँपालिका-५ जुगारका पिमलाल वलीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

भारतमा एक नेपालीको मृत्यु

दैनिकजसो सोमबार बिहानको खाना खाएर आफ्नो काममा फर्कनुअघि आराम गरेका वली एक्कासी बेहोस भएका थिए । बिरामी भएपछि चन्डीगढस्थित १६ सेक्टरको एक अस्पतालमा सुरुमा उपचार गर्न पुर्‍याइएका उनलाई पछि थप उपचारका लागि चन्डीगढकै ठूलो मानिने पीजीआई अस्पतालमा पुर्‍याइएको थियो ।

त्यहीँ उनलाई सोमबार राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । करिब ४५ वर्षका उनी भारतमा परिवारसहित लामो समयदेखि नै रोजगारी गर्दै आएका थिए । त्यसअघि उनी गुजरातको सुरत जिल्लास्थित हीरा कारखानामा काम गर्थे ।

प्रकाशित : असार २६, २०८० ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×