३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वदेशमै स्वरोजगार बनाउन अभियान 

अमृता अनमोल

बुटवल — रुपन्देहीमा वैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वदेशमै स्वरोजगार बनाउन अभियान थालिएको छ ।  वैदेशिक रोजगारीबाट फर्केका महिलाहरूलाई संगठित गरी उद्यमशीलता तालिम दिन थालेको हो । जसमा वित्तीय साक्षरता, बचतका तरिका, बजारको माग, उद्यमको प्रकृति, दर्ता प्रक्रियालगायतबारे अभिमुखीकरण गरिन्छ ।

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई स्वदेशमै स्वरोजगार बनाउन अभियान 

वैदेशिक रोजगारीबाट दुःख गरी कमाएर ल्याएको रकम उत्पादनशील क्षेत्रमा खर्च नहुँदा भविष्य अन्योल भएपछि पौरखी नेपालले आप्रवासी महिलाहरूलाई उद्यमशीलतामा लगाउने प्रक्रिया थालेको हो ।

पौरखीकी सल्लाहकार मन्जु गुरुङले आफूले कमाएको रकमको सदुपयोग गर्ने र स्वदेशमा रोजगारी गरेर थप कमाउन सक्ने बनाउन लागेको बताइन् । ‘पटक-पटक वैदेशिक रोजगारीमा जाँदा पारिवारिक संरचना बिग्रने र व्यक्ति आफैंलाई पनि समस्या हुने रहेछ । त्यसैले विदेशको विकल्प स्वदेशमा काम गर्ने र कमाउने बनाउन लागेका हौं,’ उनले भनिन् ।

पछिल्लो समय तीन तहकै सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी सहुलियत कर्जा, उद्यम सञ्चालनमा प्राथमिकता, निर्ब्याजी ऋणलगायतका कार्यक्रम ल्याएका छन् । तर, सूचना र पहुँच अभावले धेरै महिलाले त्यस्तो सुविधा पाएका छैनन् ।

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई सरकारी सुविधा लिनेबारे पनि सहजीकरण गरिने छ । पौरखीका अध्यक्ष सत्रकुमारी गुरुङले वैदेशिक रोजगारीको विकल्पमा ल्याएका सरकारी कार्यक्रमलाई महिलामाझ पुर्‍याउन अगुवा महिला परिचालन र सचेतना कार्यक्रमसमेत गरिएको छ ।

प्रकाशित : असार ५, २०८० १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दुग्ध विकास संस्थान (डीडीसी)लाई सरकारले पटक पटक गरी १२५ करोड ऋण दिने भएपछि के अब किसानले दूधको भुक्तानी पाउलान् ?

x
×