१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पाल्पाको सत्यवतीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते 

माधव अर्याल

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

पाल्पाको सत्यवतीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते 

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको हो । घाइते भएकाहरुलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय दिलबहादुर गाहाले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई जंगल र भीरबाट सडकसम्म ल्याएर अस्पताल पठाउने कार्य भइरहेको छ ।

रुपन्देहीको सालझण्डी र प्रहरी चौकी बल्ढेङगढी पाल्पाबाट प्रहरीको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिए । बल्ढेङगढी चौकीबाट दुर्घटनास्थल टाढा र एकान्तमा पर्ने भएकाले स्थानीयले नै उद्धार थालेका थिए । दुर्घटनाग्रस्त जिप सडकदेखि करिक ७० मिटर तल खसेको छ ।

तस्बिर सौजन्य : दिलबहादुर गाहा

प्रकाशित : जेष्ठ २१, २०८० १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?