कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जंगलको डढेलो बस्ती पस्दा प्यूठानमा ११ घर जलेर नष्ट

शमशेरविक्रम जीसी

प्यूठान — प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङमा आगलागीले ११ घर जलेर नष्ट भएका छन् । आइतबार राति धाइरेनी सामुदायिक वनको डढेलो बस्तीमा पस्दा ११ घर र ८ गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

जंगलको डढेलो बस्ती पस्दा प्यूठानमा ११ घर जलेर नष्ट

स्वर्गद्वारीको पाटिखर्कमा जगंलको आगो निभाउँदा ३ जना घाइते भएको स्वर्गद्वारी नगरपालिका–५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले बताए ।

जगंलको डढेलो बस्तीमा पस्दा घर र गोठ जलेका हुन् । स्थानीय, प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रणमा आएको बताए ।


प्रकाशित : जेष्ठ ८, २०८० ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×