२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

घनश्याम गौतम

रूपन्देही — लुम्बिनीमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्‌का सदस्यलाई शपथ ग्रहण गराएका हुन् । पहिलो चरणमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीहरूको जिम्मेवारी पछि तोकिने छ ।


मुख्यमन्त्रीमा चौधरी बिहीबार नियुक्त भएका थिए ।

प्रकाशित : वैशाख १५, २०८० १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?