संक्रमणकालीन न्यायसम्बन्धी कानुनका त्रुटि सच्याउन द्वन्द्वपीडितको माग

रुपा गहतराज

नेपालगन्ज — द्वन्द्वपीडित र अधिकारकर्मीहरूले द्वन्द्व पीडितहरुको पीडितमैत्री कानुन निर्माण गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन् । सरकारले संसद्‍मा पेस गरेको संक्रमणकालीन न्याय सम्बन्धी कानुन सच्याएर पास गर्न उनीहरूले माग गरेका हुन् । 

शनिबार नेपालगन्जमा आयोजित यससम्बन्धी कार्यक्रममा द्वन्द्वपीडित र अधिकारकर्मीले सरकारले संसदमा पेस गरेको टीआरसी विधेयकमा न्यायका ट्टष्टिकोणबाट केही कमी कमजोरी रहेको भन्दै सच्चाउनु पर्ने बताएका हुन् ।

बाँके बर्दिया, दाङका द्वन्द्वपीडित र अधिकारकर्मी, बार एशोसिएसनमा आबद्ध अधिवक्ताहरुले टीआरसी विधेयकमा न्यायका ट्टष्टिकोणबाट कमजोरी रहेको औल्याएका थिए ।

कार्यक्रमा लामो समयदेखि न्यायको पखाईमा रहेका पीडितले विधेयकलाई आवश्यक संशोधन गरी छिटो टुंग्याउनुपर्नेमा जोड दिएका थिए । कानुन बन्न ढिलाइ गर्न नहुने, संसदमा पेस गरिएको विधेयकलाई सुधार सहित पारित गरेर सीघ्र कार्यान्वयमा लैजानुपर्ने सुझाव पीडितहरूले दिएका थिए ।

बर्दियाकी देवीसरा वलीले गाउँघरमा केही घटना भए बेपत्ता परिवारले काजकिरिया नगर्दाको परिणाम भन्दै आरोप आउने गरेको भन्दै यो विषयलाई चाँडै टुंगोमा पुर्‍याइनुपर्ने बताइन् ।

द्वन्द्वपीडित संजाल दाङका संयोजक प्रकाश थारुले समयमै न्याय नपाउनु पनि अन्याय भएको बताए । सहिद भनेर राजपत्रमा प्रकाशित विवरणमा वास्तविक पीडित छुटेको भन्दै संक्रमणकालीन न्यायका बाँकी काम सीघ्र टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

बाँकेका यातना पीडित प्रेम थापाले परिपुरणमा के के हुने भन्ने कुरा स्पष्ट खुलाउनु पर्ने भन्दै एउटै घटनालाई विभाजन गर्न नहुने बताए ।

बर्दियाकी पीडित गीता शाह राठौरले द्वन्द्वपीडितलाई औषधि उपचारको आवश्यकता रहेको भन्दै द्वन्द्व पीडितलाई स्वास्थ्य शिक्षा लगायत परिपुरणको आवश्यकता रहेको बताइन् ।

दाङकी द्वन्द्वपीडित भौनी थारुले पीडितहरु गाासबास कपासको समस्याबाट गुज्रिएको भन्दै द्वन्द्व पीडितको जायज कुराहरुको सुनुवाइ हुनुपर्ने बताइन् ।

बाँकेकी यातना पीडित पार्वती बुढाले गाउँका पीडितको वास्तविक अवस्था हेरेर संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताइन् ।

कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले संसदमा दर्ता भएको विधेयकमा समेटिएका कतिपय व्यवस्था मानव अधिकारका मूल्य मान्यता र पीडितको न्यायका ट्टष्टिकोणल गम्भीर त्रुटि रहेकोले ती त्रुटि सच्याएर विधेयक पारित गर्न आवश्यक रहेको बताएका थिए ।

गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा, क्षमादान, फौजदारी जवाफदेहीता लगायतका विषयमा विधेयकमा रहेका गम्भीर त्रुटिपूर्ण प्रावधानहरुलाई नसच्याई पारित गरिए संक्रमणकालीन न्याय प्रक्रिया थप जटिल बन्ने र यसको अन्तर्राष्ट्रियकरण हुनसक्ने गौतमको भनाइ थियो ।

यस्तै कार्यक्रममा वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले राजनीतिक तरङ्गबाट उत्पन्न भएको विधेयकले न्यायको अनुभुति हुन्छ हुदैन भन्ने सवाल उब्जिएको बताए । वरिष्ठ अधिवक्ता श्रेष्ठले अहिलेको विधेयक जस्ताको तस्तै पास भए त्यो निर्देशित न्याय जस्तै हुने प्रतिक्रिया दिए ।

कार्यक्रममा इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले गम्भीर अपराधमा संलग्नलाई छुट दिन नहुने मान्यतामा सबै सहमत हुनुपर्ने बताएका थिए ।

बाँके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाहीले घटनामा संलग्न पीडकको पहिचान नभए पनि पीडितले परिपुरण पाउनु पर्ने बताएका थिए ।

मानव अधिकार एलाइन्सकी बाँके जिल्ला अध्यक्ष ललिता चौधरीले सरकारले मानव अधिकार उल्लघंनका पीडितको स्वास्थ्य उपचारको व्यवस्था मिलाउनुपर्ने बताइन् ।

यस्तै द्वन्द्वपीडित तथा एकल महिला संजालकी शोभा बिसीले पीडितलाई उचालेर विभाजित गर्ने काम गर्न नहुने भन्दै सशस्त्र र निशस्त्रको परिभाषा स्पष्ट पारिनु पर्ने बताइन् ।

प्रकाशित : चैत्र १८, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल उपमहानगरद्वारा किसानलाई कृषि सामग्री प्रदान

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवल उपमहानगरपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । बुटवल–१४ मा मकै खेती गर्दै आएका किसानलाई उपमहानगरपालिकाले सहुलियतमा कृषि सामग्री उपलब्ध गराएको हो ।

बुटवल–१४ मोतीगन्जमा शनिबार आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई ती कृषि उपकरण तथा सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्क्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरको ५० र किसानको ५० प्रतिशत लागत सहभागितामा पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविक मल लगायत सामग्री प्रदान गरिएको हो । सो अवसरमा उपमहानगर प्रमुख पाण्डेयले तिनाउ पश्चिमका वडालाई कृषि उत्पादनमा अब्बल बनाउन उपमहानगरपालिकाले काम गरिरहेको बताए । किसानलाई लाभ हुने गरी गरिने खेतीमा सहयोग गर्ने उल्लेख गर्दै पाण्डेयले कृषि उत्पादनलाई बजारीकरण गर्न बुटवल उपमहानगरपालिकाले प्राथमिकतामा राखेको बताए ।

उपमहानगरपालिकाले मकै पकेट सञ्चालन समन्वय समितिलाई मकै बिक्रीका लागि सटर उपलब्ध गराउने तयारीमा रहेको पाण्डेले जानकारी दिए । उपमहानगर कृषि विकास शाखा प्रमुख सन्तोष जीसीले मकै पकेट विकास कार्यक्रममा आबद्ध किसानलाई मल, बीउ, कृषि यन्त्र आदिमा ५० प्रतिशत अनुदान दिएको बताए । मोतीगन्ज मकै पकेट सञ्चालन समन्वय समिति अध्यक्ष मुरारी खनालले पकेट क्षेत्रमा रामपुर ६, ८ र १० गरी ३ जातको हाइब्रिड र रामपुर कम्पोजिट नामको उन्नत जातका मकै खेती हुँदै आएको बताए ।

प्रकाशित : चैत्र १८, २०७९ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×