कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

माओवादी लुम्बिनी संसदीय दलको नेतामा जोखबहादुर सर्वसम्मत

घनश्याम गौतम

दाङ — नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा रोल्पाको जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।

माओवादी लुम्बिनी संसदीय दलको नेतामा जोखबहादुर सर्वसम्मत

सोमबार बिहान दाङको देउखुरीमा बसेको माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको बैठकले महरालाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।

माओवादीमा प्रत्यक्षतर्फबाट निर्वाचित तुलाराम घर्ती, इन्द्रजित थारु चौधरी, कृष्णा केसीले दलको नेतामा दाबी गरेपछि टुंग्याउने सकेको थिएन । स्रोतका अनुसार सबै प्रदेशसभा सदस्यले दाबी नछोडेपछि केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा महरालाई नेता चयन गरिएको हो । महरा रोल्पा १ (१)बाट निर्वाचित हुन् ।

लुम्बिनी प्रदेशसभामा माओवादीबाट प्रत्यक्षतर्फ ५ जना र समानुपातिकतर्फ ४ गरी ९ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । माओवादीले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्न बाँकी रहेको माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।

संसदीय दलको नेतामा निर्वाचित महरा माओवादीको स्थायी कमिटि सदस्य एवं प्रचण्डको सचिवालमा बसेर लामो समय काम गरेका नेता हुन् ।

प्रकाशित : पुस १८, २०७९ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?