एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी

घनश्याम गौतम

रुपन्देही — नेकपा (एमाले)को लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज लीला गिरी चयन भएका छन् । 

दाङको देउखुरीमा आइतबार बसेको एमाले प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा गिरीलाई चयन गरेको हो । दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन भएका छन् । गिरी रुपन्देही २ (१)बाट र आचार्य अर्घाखाँचीको १ (२)बाट निर्वाचित हुन् । गिरी यसअघि प्रदेश सरकारमा वन, वातावरण तथा उद्योगमन्त्री र आचार्य आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले प्रदेशसभा सदस्यहरुको भेलाले केन्द्रीय तहको शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गर्दै नेता र उपनेता चयन गरेको बताए । दलको नेता चयन गर्न एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मासमेत उपस्थित थिए ।

नयाँ समीकरणअनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैले दाबी गर्दै आएका छन् । एमाले महासचिव पोखरेलले एमाले ठूलो दल भएकाले लुम्बिनीको मुख्यमन्त्री एमालेकै हुने दाबी गरे । लुम्बिनीमा एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य छन् ।

प्रकाशित : पुस १७, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेशमा आजपाले तोक्यो जिल्ला नेतृत्व

कान्तिपुर संवाददाता

काठमाडौँ — आम जनता पार्टी अध्यक्ष प्रभु साहले मधेस प्रदेशमा जिल्ला नेतृत्व तोकेका छन् । अध्यक्ष साहले आइतबार मधेसका ८ वटै जिल्लाको अध्यक्ष, सचिव र इन्चार्ज तोकेका हुन् ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका साहले गत पुस १४ गते नयाँ पार्टी घोषणा गरेका थिए ।

यस्तो छ आजपाको मधेस प्रदेशका जिल्ला नेतृत्व



प्रकाशित : पुस १७, २०७९ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×