पाल्पा — पाल्पाको रामपुरमा नवजात शिशुको शव भेटिएको छ । रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको हो ।
रामपुर बसपार्क नजिकै रहेको रामपुरफाँटको नहरमा बुधबार नवजात शिशु मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नवजात शिशु बालिका रहेकी छिन् ।
नहरमा नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
