कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

पाल्पा रामपुरमा नवजात शिशुको शव फेला 

माधव अर्याल

पाल्पा — पाल्पाको रामपुरमा नवजात शिशुको शव भेटिएको छ । रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको हो । 

रामपुर बसपार्क नजिकै रहेको रामपुरफाँटको नहरमा बुधबार नवजात शिशु मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नवजात शिशु बालिका रहेकी छिन् ।

नहरमा नवजात शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २८, २०७९ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×