सशस्त्र प्रहरीको ट्रकले साइकललाई ठक्कर दिँदा २ को मृत्यु, ७ जना घाइते

कार्तिक ४, २०७९

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रकले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रकले शुक्रबार साँझ वाणगंगा नगरपालिका–३, सिउटीमा ठक्कर दिँदा साइकलमा सवार यात्रुसहित एक सशस्त्र प्रहरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पिपराले जनाएको छ ।

जीतपुरबाट तौलिहवा जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित भई साइकलमा सवार यात्रीलाई ठक्कर दिँदै दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । 

ट्रक चालक सशस्त्र प्रहरी रमेश चौधरी र स्थानीय अमर तङनामीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर भएकाले बुटवल रिफर गरिएको छ । ४ जनाको गजेहडास्थित सामुदायिक अस्पताल उपचार भइरहेको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully