२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मन्त्री खत्रीको घटना छानबिन गर्न समिति गठन

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रदेशकी स्वास्थ्य‚ जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री वलीको घटना अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । उनलाई महिला र बालबालिका कुटपिटको आरोप लागेको छ ।

मन्त्री खत्रीको घटना छानबिन गर्न समिति गठन

मंगलबार दिनभर प्रहरी नियन्त्रणमा रहेकी उनको अस्वस्थ भएपछि बुधबार बिहानैदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

राज्यमन्त्री खत्री मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कस्थित आलुमन्डीमा रहेको एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मिना र ३ वर्षीया छोरीलाई कुटपिट गरेको आरोप लागेको छ । मिनाले कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै कारबाही गर्न प्रहरी कार्यालयमा उजुरी दिएकी छन् तर प्रहरीले उजुरी दर्ता गरेको छैन ।

सरकारले प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् । घटनाको सत्यतथ्य छानबिन गरी समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश रहेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले बताए ।

प्रकाशित : असार १, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?