दाङमा १०४ वर्षीया वृद्धाले गरिन् मतदान- लुम्बिनी - कान्तिपुर समाचार

दाङमा १०४ वर्षीया वृद्धाले गरिन् मतदान

दुर्गालाल केसी

दाङ — स्थानीय निर्वाचन २०७९ मा राप्ती गाउँपालिकामा एक सय चार वर्षीया वृद्धाले मतदान गरेकी छिन् ।

राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासी एक सय चार वर्षीया कमला शर्माले मतदान गरेकी हुन् ।

उनले नवज्योति आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । ७० वर्षीया छोरा गोविन्द शर्माको सहयोगमा उनले मतदान गरेकी हुन् ।


प्रकाशित : वैशाख ३०, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्

तेह्रथुमको मेन्छ्यायेममा मतदान पुन: सुरु 

चन्द्र कार्की

तेह्रथुम — मेन्छ्यायेम गाउँपालिका ३ को कालिका आधारभुत विद्यालय मतदान केन्द्रमा अपरान्ह १ : ३० बजेबाट अवरुद्ध भएको मतदान पुन: सुरु भएको छ । गठबन्धन दल र नेकपा एमालेबीचको छलफल सहमतिमा पुगेपछि अपरान्ह ४ बजेबाट पुन: मतदान सुरु भएको मतदान अधिकृत विष्णु प्रसाद पोखरेलले बताए । 

इच्छाएको व्यक्तिले मतदान गर्ने विषयमा गठबन्धन दल र एमाले कार्यकर्ताबीच विवाद हुँदा केही समय मतदान अवरुद्ध भएको थियो । मतदाताले एकाघरका परिवारका सदस्यलाई पनि विश्वास नगरे स्वयम् मतदाताको उपस्थितिमा उसले भनेको चुनाव चिन्हमा मतदान गर्न मतदान अधिकृतले सहयोग गर्ने विषयमा सहमति जुटेपछि मतदान सुरु भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत ध्रुव कार्कीले बताए । विवाद समाधानका लागि निर्वाचन अधिकृत कार्की मोराहाङ बजारबाट डेढ घण्टा टाढाको उक्त मतदान केन्द्रमा आफै पुगेका थिए । सो मतदान केन्द्रमा ८ सय ६० मतदाता संख्या छ ।


प्रकाशित : वैशाख ३०, २०७९ १६:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×