कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले पुरस्कार प्रदान गरेको हो ।

तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार—२०७८ स्वरुप कदर पत्र प्रदान गरे । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए । उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तिलोत्तमाले गत वर्ष सहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार पाएको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७८ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?