कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धार बदलेर टेडिया गाउँ पस्यो कर्णाली, २० भन्दा बढी परिवार विस्थापित

कमल पन्थी

बर्दिया — कर्णाली नदीमा बाढी घटे पनि कटान नरोकिँदा राजापुर–३ को टेडिया गाउँमा पानी पसेको छ । उक्त वडाको टेडियाबाट नदी धार परिवर्तन गरी गाउँमा पसेको हो । 

धार बदलेर टेडिया गाउँ पस्यो कर्णाली, २० भन्दा बढी परिवार विस्थापित

शुक्रबार बिहान करिब ४ बजेबाट नदीले कटान गर्दा करिब २० घर बग्ने जोखिम रहेको स्थानीय प्रशासनले जनाएको छ । करिब २० घरका बासिन्दालाई घर छाड्न भनिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । उनका अनुसार स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ जान थालिसकेका छन् । नदीले करिब ३ सय मिटर जमिन कटान गरिसकेको छ । कटान तीव्र रहेकाले नदीले धार परिवर्तन गरी राजापुर बजार पस्ने जोखिम बढेको ४ नम्बर वडाध्यक्ष रमण रेग्मीले बताए ।

यसैबीच कटान जारी रहेको स्थानमा अस्थायी तटबन्ध गर्न सशस्त्र प्रहरी उपरीक्षक गोविन्द केसीको कमान्डमा टोली खटिएको छ । बोरामा बालुवा भरेर कटान रोक्ने प्रयास गरिँदै छ । तर स्थानीयले अस्थायी तटबन्धले पनि थेग्ने अवस्था नरहेको बताएका छन् । कटानकै कारण टेडियामा दर्जनौं रुख बगिसकेका छन् ।


प्रकाशित : कार्तिक ५, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?