कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोलबम धाम पुनर्निर्माण सुरु

अमृता अनमोल

बुटवल — पश्चिम क्षेत्रको प्रख्यात पर्रोहा परमेश्वर बोलबम धामको पुनर्निर्माण सुरु भएको छ । रूपन्देहीको सैनामैनामा रहेको धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित पुनर्निर्माण थालिएको हो । 

बोलबम धाम पुनर्निर्माण सुरु

सैनामैना नगरपालिकाले १४ करोड रुपैयाँ लागतमा गुरुयोजना बनाएर काम थालेको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले धामलाई व्यवस्थित बनाउन कलात्मक पुनर्निर्माणसहित दुई वर्षभित्रमा काम सक्ने गरी गुरुयोजना बनाइएको बताए । ‘बोलबम धामको धार्मिक महत्व त छँदैछ,’ उनले भने, ‘कलात्मक निर्माणले थप पर्यटक आकर्षित गर्न र पर्यटन व्यवसाय बढाउन मद्दत पुग्नेछ ।’

गुरुयोजना अनुसार धामको मूल मन्दिर प्यागोडा शैलीमा बनाइनेछ । अग्निशाला र दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलामा उतारिनेछ । मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल बनाइनेछ । करिब पाँच सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु राखिनेछ । मन्दिरमा साढे ५ फिटको मूल गजुर रहनेछ । उक्त संरचना बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।


प्रकाशित : भाद्र ३१, २०७८ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?