राप्ती प्रादेशिक अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्ने पक्राउ 

दुर्गालाल केसी

दाङ — राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य चार जनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

राप्ती प्रादेशिक अस्पतालका चिकित्सकलाई दुर्व्यवहार गर्ने पक्राउ 

डा. सिंहलाई युवाहरुको एक समूहले शुक्रबार दिउँसो कार्यकक्षमै मोसो दलेको थियो । यस घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आइतबारदेखि इमर्जेन्सीबाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । अहिले जिल्लाभर नियमित स्वास्थ्य सेवा बन्द छ ।

पक्राउ परेकाविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

मोसो तयार गर्ने र दल्ने कार्यमा संलग्न मुख्य अभियुक्त पक्राउ परिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । अन्य व्यक्तिहरुको पहिचान गर्ने र खोज्ने काम जारी रहेको उनले बताए ।

प्रकाशित : भाद्र १४, २०७८ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?